एकैपटक ६६५ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो सङ्ख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको एकैपटक सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न स्थानमा कार्यरत ६६५ जना प्रहरी निरीक्षकलाई नयाँ जिम्मेवारी तोकेको हो ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले यही असोज २८ गतेको निर्णयअनुसार ती इन्स्पेक्टरहरूलाई सरुवा गरी उनीहरूको नयाँ पदस्थापन गरेको हो ।
सरुवा गरिएका प्रहरी निरीक्षकहरूलाई उनीहरूको कार्तिक महिनादेखिको तलब, भत्ता समेत अब सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी तत्कालै नयाँ कार्यालयमा काजकाज गर्न जान निर्देशन दिइएको छ ।
चाडपर्व सकिएलगत्तै र विशेषगरी देशभरको सुरक्षा तथा प्रशासनिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यले प्रहरी प्रधान कार्यालयले यसरी ठूलो सङ्ख्यामा सरुवा गरेको बुझिएको छ ।
को कहाँ सरुवा, हेर्नुहोस् सूची?
Facebook Comments