फेसबुकले भन्दैमा पद छोड्दिनँ, निर्णय कमिटीले गर्छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैको बाह्य दबाब वा सामाजिक सञ्जालको टिप्पणीका आधारमा आफूले पार्टीको पद नछोड्ने स्पष्ट पारेका छन् ।
आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू बस्ने वा हट्ने निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले मात्र गर्ने बताएका हुन् ।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ,’ उनले भने । कमिटीको आदेशमा जस्तोसुकै निर्णय गर्न तयार रहेको उनको भनाइ छ ।
ओलीले आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वभावको भएको बताउँदै पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे ।
उनले एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको आरोप पनि लगाए ।
Facebook Comments