नेप्से परिसूचक २२ अंकले घट्दा कारोबार रकम पनि घट्यो

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef6c2a3d036.jpg

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ विन्दुमा सीमित भएको छ ।

कारोबारको अन्तिम समयमा केही सुधार आए पनि परिसूचक न्यून विन्दुमा नै रह्यो । अघिल्लो दिन रु ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज घटेर रु ३ अर्ब १० करोडमा सीमित भयो ।

बजारमा २०६ कम्पनीको मूल्य घट्यो भने ४० कम्पनीको मात्र बढ्यो । पाँच कम्पनीको मूल्य स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटे । 

व्यापार समूह सबैभन्दा धेरै २.०९ प्रतिशतले ओरालो लाग्यो । समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशतले बढेको छ ।


Facebook Comments