कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी, एजेन्डामा सदस्यहरूले आफ्नो धारणा राख्दै


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षता केही समयअघि बैठक सुरु भएको हो ।
बैठकमा बिहीबार महामन्त्री गगन थापाले प्रस्तुत गरेका एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
महामन्त्री थापाले बिहीबार जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था, पार्टीको पन्ध्रौँ महाधिवेशन गर्नका लागि कार्यतालिका निर्माण, क्रियाशील सदस्यतालगायत विषयमा ८ एजेन्डा प्रस्तुत गरेका थिए ।
बिहीबारको बैठकमा थापाले प्रस्तुत गरेको एजेन्डामा सात सदस्यले धारणा राखेका थिए । तीनै एजेन्डाका केन्द्रित रहेर आज अन्य सदस्यहरूले धारणा राख्न थालेका हुन् ।
Facebook Comments