एकै दिन ७ हजार १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
लगातार उकालो लाग्दै सुनचाँदीको मूल्य


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढेर ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।
Facebook Comments