अगाडिको ट्रकले अचानक ब्रेक लगाउँदा नारायणगढ–मुग्लिन सडकमा ७ गाडी ठोक्किए


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाइघाटमा ७ वटा सवारीसाधन आपसमा ठोकिएका छन् । आज बिहान करिब ७ बजे एकैपटक ७ वटा गाडी एकअर्कासँग ठक्कर खाएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो। ठोकिएका सवारीसाधनमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।
घाइतेहरूको उद्धार गरी उपचारको लागि भरतपुर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
Facebook Comments