निवर्तमान ऊर्जामन्त्री भागिसकेको गृहमन्त्री अर्यालको दाबी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f482c24c2fb.jpg

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु गरेपछि पूर्व ऊर्जामन्त्री दीपक खड्का भागिसकेको दाबी गरेका छन् । यद्यपि, उनले खड्काको नाम स्पष्ट रूपमा भने उल्लेख गरेका छैनन् ।

एक अन्तर्वार्तामा गृहमन्त्रीले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सक्रिय बनाएपछि ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको छ... तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् ।’

अर्यालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि टिप्पणी गर्दै उनको आपराधिक लापरबाहीले भदौ २४ को वितण्डा निम्तिएको आरोप लगाए । उनले ओलीमा ’सैतानी प्रवृत्ति’ रहेको र कुशासनको विरोधमा उर्लेको जनसागरले उनलाई अपदस्थ गरेको बताए ।

गृहमन्त्री अर्यालले भागिरहेका नेताहरूलाई रोक्ने प्रावधानबारे अध्ययन भइरहेको र उनीहरूलाई पक्राउ गरी मुद्दा पेश गर्ने प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकार क्रान्तिकारी भएको र सुशासनका लागि राज्यका संयन्त्रहरूबाटै काम भइरहेको स्पष्ट पारेका छन् ।


Facebook Comments