मोरोक्कोमा जेन–जी आन्दोलन : राजालाई खुलापत्र लेख्दै प्रधानमन्त्रीको राजीनामा माग

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4869f942ca.jpg

एजेन्सी । मोरोक्कोमा हाल जेन–जी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेन्जी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् । 

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू, विशेषतः डीसकड प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर सङ्गठित ढङ्गमा प्रदर्शन गरिरहेका छन् ।

यी युवाहरूको आक्रोश सरकारको प्राथमिकता र संसाधनको असमान वितरणप्रति हो । सरकारले सन् २०३० विश्वकपका लागि नयाँ स्टेडियमहरू बनाउन अर्बौं डलर खर्च गर्दैछ, तर ग्रामीण भेगमा अस्पतालमा डाक्टर छैनन्, सडक कच्ची छन् र विद्यालयहरू सुविधाविहीन छन् । 

आन्दोलनको दौरान हजारौं युवा सडकमा उत्रिएका छन् । धेरै स्थानमा झडप पनि भएका छन्, जसमा केहीको ज्यान गएको छ र सयौं युवाहरू पक्राउ परेका छन् । 

यति हुँदाहुँदै पनि युवाहरूको जोश र आवाज कमजोर भएको छैन । उनीहरूले राजा मोहम्मद ६ लाई खुला पत्र लेख्दै प्रधानमन्त्रीको राजीनामा, भ्रष्ट नेताहरूको कारबाही र सुधारको माग गरेका छन् ।

जेन–जी आन्दोलन मोरोक्कोमा मात्र सीमित छैन, यसले विश्वभरका युवाहरूमा पनि परिवर्तनको भावना जागृत गरिरहेको छ । यो आन्दोलन न्याय, समानता र उत्तरदायित्वको खोजीमा रहेको नयाँ पुस्ताको बलियो कदम हो ।

प्रावधानबारे अध्ययन भइरहेको र उनीहरूलाई पक्राउ गरी मुद्दा पेश गर्ने प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकार क्रान्तिकारी भएको र सुशासनका लागि राज्यका संयन्त्रहरूबाटै काम भइरहेको स्पष्ट पारेका छन् ।


Facebook Comments