रथीमा पदोन्नति भएका श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f4cb16d8dca.jpg

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाल सरकारको निर्णयअनुसार रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई आज दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति सिग्देलले श्रेष्ठलाई रथीको दज्र्यानी चिह्न लगाइदिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रथीमा पदोन्नतिसँगै श्रेष्ठलाई बलाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ । मन्त्रिपरिषद्को गत असोज ३० गतेको बैठकले उहाँलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।


Facebook Comments