Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक ८ गते १०:४८
Image of https://mayorsap.com/storage/photos/10/68fb08239c5ae.jpg

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना कसरी भयो र जिप कसले चलाएको थियो भन्नेबारे तत्काल खुल्न सकेको छैन । प्रहरीका अनुसार, जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।


Facebook Comments