छठ पर्व मनाउन काठमाडौं महानगरपालिकाभित्र तोकियो ८ स्थान

User Image मेयरसाप डेस्क | १७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68fc97264a6e7.PNG

काठमाडौं। काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ स्थान तोकेको छ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी महानगरभित्र तोकिएको ८ स्थानमा मात्र छठ पर्व मनाउन पाउने जानकारी दिएका हुन् । 

तोकिएका ८ स्थानमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट रहेका छन् । 

प्रमुख पाण्डेका अनुसार महानगरले यी तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको छ। सरसफाइका लागि ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। उनले छठ पर्व व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने गरी तयारी गरिएको जानकारी दिए।


Facebook Comments