मन्त्री महावीर पुनको आग्रह–शिलान्यास र उद्घाटनलगायतका औपचारिक कार्यक्रममा मलाई नबोलाइदिनु होला
‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिलान्यास र उद्घाटनलगायतका औपचारिक कार्यक्रममा आफूलाई नबोलाइदिन आग्रह गरेका छन् । मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमार्फत उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निमन्त्रणा नगर्न आग्रह गरेका हुन्।
मन्त्री पुनले युनेस्को र महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको समेत जानकारी गराएका छन् । उनले अत्यावश्यक र नगई नहुने महत्त्वपूर्ण बैठक तथा कामहरूमा मात्र केही मन्त्रीहरू विदेश गएको स्पष्टिकरण दिँदै ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह गरेका छन् ।
Facebook Comments