सुत्केरीको मृत्यु भएपछि किस्ट अस्पतालकाे अवस्था तनावग्रस्त

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ff28e49729d.PNG

काठमाडौं। ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो । 

मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड हुँदा केही व्यक्ति घाइते समेत भएका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । 

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो। अस्पतालको लापर्बाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।


Facebook Comments