पाँचथरमा भरुवा बन्दुक प्रहार गरेर बाबुले गरे छोराको ह*त्या
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
पाँचथर । मिक्लाजुङ गाउँपालिका–८ भदौरेमा एक जनाले छोराको हत्या गरेका छन् । ५२ वर्षीय बखत सिंह लिम्बुले १७ वर्षीय छोरा सफल लिम्बुको हत्या गरेका हुन् ।
बखत सिंह लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिकै बखतले भरूवा बन्दुकले प्रहार गर्दा सफलको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दुर्दिम्बाबाट खटिएको प्रहरीले उनलाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments