छठ पर्वमा महिलाहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै (फोटोफिचर)
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका–९ डाँडा टोलको पोखरीमा महिलाहरुले सूर्यलाई अर्घ्य दिँदै पूजा गरेको दृश्य । आज सूर्य उपासना र पवित्रताको प्रतीक छठ पर्व हो । आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका वर्तालु मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पाँच पाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल गरेका उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहीआएको छ ।
Facebook Comments