कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन् । प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेकी हुन् ।
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । बर्तालु भक्तजनहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ ।
छठ पर्वमा नदी किनार, तालतलैया, पखरीमा पुगेर पूजा आराधना गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिने धार्मिक परम्परा छ । छठ पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
Facebook Comments