निर्वाचन र शान्ति सुरक्षाबारे जानकारी लिन गृहमन्त्री अर्याल जनकपुरमा
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
जनकपुर । आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुगेका छन् । दुई दिनका लागि यहाँ आएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत छन् ।
उनीहरुले जनकपुरधामको विभिन्न छठ घाटहरुको अवलोकन र पूजा आराधना गर्नुका साथै जिल्लाका सुरक्षा प्रमुखहरुसँग सुरक्षा आवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भोलि मङ्गलबार गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
Facebook Comments