महिला फुटबलमा नेपालसँग हार्यो भारत
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ। कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोलमा नेपालले भारतलाई हराएको हो ।
भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो। साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो ।
मैत्रीपूर्ण खेलमा भारतले भने लगातार दोस्रो हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले पराजित भएको थियो।
Facebook Comments