तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्तासँग समन्वय गर्नुपर्ने बताए।
“व्यवस्थाको विषयमा अहिले बहस गर्नुपर्दैन, यही संविधानभित्र रहेर सङ्घीयतालाई अझ अब्बल र अझ राम्रो बनाउने हो, संविधान कार्यान्वयनको पाटोतर्फ बहस गर्नुपर्छ”, उनले भने, “हामीले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेका छौँ ।”
Facebook Comments