केपी ओली अहंकारले सत्ताच्युत भए : माधव नेपाल

जेन–जी विद्रोहमार्फत सत्ताच्युत भएको आरोप

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/harirambhetuwal-ktm-rss-12-1000253497.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै एमालेसँगको विद्रोहको औचित्य पूर्ण रूपमा पुष्टि भएको जिकिर गरेका छन् ।

सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतबाट पार्टी विभाजनको औचित्यमाथि प्रश्न उठिरहेका बेला नेपालले जवाफ दिएका हुनु् । उनले केपी ओली ’आफ्नो अहंकारका कारण जेनजी विद्रोहमार्फत सत्ताच्युत भएको’ आरोप लगाए ।

उनले एमालेमा गरिएको विद्रोहले औचित्य पुष्टि गरेको र ’विद्रोहको औचित्य पुष्टि भएन भन्नु ओलीसामु आत्मसमर्पण गर्नुबाहेक केही होइन’ भन्दै आफ्नो निर्णय सही रहेकोमा जोड दिए ।


Facebook Comments