संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
विपक्षीका नाममा कारण देखाऊ आदेश
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा सुशीला कार्कीलाई गरेको नियुक्ति र उनकै सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका थिए ।
प्रधानन्यायाधीश राउतसहित, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा सम्मिलित संवैधानिक इजलासले आज सुनुवाइ गरेको थियो ।
Facebook Comments