तोलामा २७०० रुपैयाँले बढ्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२ दिन अगाडि
काठमाडौं । पछिल्लो केही दिनदेखि घट्ने क्रममा रहेको सुनको मूल्य शुक्रबार भने नेपाली बजारमा एकाएक बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा २,७०० रुपैयाँले वृद्धि भएको हो ।
बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य २ लाख ३६ हजार ३०० रुपैयाँ प्रति तोला कायम थियो । तर, शुक्रबार मूल्य बढेर प्रति तोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण नेपाली बजार प्रभावित भएको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि आज बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा तोलामा ८० रुपैयाँले वृद्धि भएको छ ।
Facebook Comments