काठमाडौं महानगरले भन्यो– ‘फोहोर घरभित्रै सुरक्षित राख्नुस्’
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                             
                                                            काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं महानगरपालिकाले नागरिकहरूलाई घरभित्रबाट फोहोर बाहिर ननिकाल्न आह्वान गरेको छ ।
महानगरबाट फोहोर बोकेर गएका ट्रकहरू तीन दिनदेखि ल्याण्डफिल साइट पुग्न पाएका छैनन् । ल्याण्डफिल साइट अनिश्चितकालीन रूपमा अवरुद्ध हुने घोषणा भएपछि महानगरले फोहोरलाई सुरक्षित तरिकाले घरको कम्पाउन्डभित्रै राख्न अनुरोध गरेको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले महानगरले सधैँ आश्वासन मात्र दिएको र माग पूरा गर्न चासो नदेखाएको भन्दै अनिश्चितकालीन रूपमा फोहोर फाल्न रोकिएको बताएका छन् ।
स्थानीयहरूले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्ने र अस्पतालजन्य/विषादीजन्य फोहोर फाल्न नपाइने व्यवस्था गर्न माग गरेका छन् ।
 
                         
                                             
                                             
                                             
                                             
                    
Facebook Comments