एमाले छोडेका नेताहरुलाई अध्यक्ष ओलीले भने–फर्किनुस् आफ्नै घर फर्किनुस्
 मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ७ घण्टा अगाडि
                             
                                                            काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका हुन् ।
“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष ओलीले लेखेका छन्, ‘यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं। हामी एउटै परिवार हौं । हाम्रो लक्ष्य स्पष्ट छ ।’
अध्यक्ष ओलीले एमाले राजनीतिक संगठन मात्र नभएर जनताको रगत, पसिना र आँसु समेत भएको परिवार रहेको भन्दै सोही परिवारमा फर्किन उनले आग्रह गरेका हुन् ।
 
                         
                                             
                                             
                                             
                                             
                                             
                    
Facebook Comments