एकता सहमति अनुमोदन गर्न माओवादी केन्द्रको बैठक बस्दै
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ५ घण्टा अगाडि
                            
                                                            काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नेपाल प्रज्ञाप्रतिष्ठानमा बस्नेछ । भोलि हुन लागेको नेकपा एकीकृत समाजवादीसहित ९ दलबीचको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो । तर, महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि महाधिवेशन आयोजक समितिको बैठक राखिएको हो ।
                        
                                            
                                            
                                            
                    
Facebook Comments