निकोलस भुसाल गोरखाबाट पक्राउ
                मेयरसाप डेस्क
            
                                        
                            
                            |
                              ४ घण्टा अगाडि
                            गोरखा । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
भुसाल सोमबार गोरखा गएको र उनलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए। सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए ।
                        
                                            
                                            
                                            
                                            
                                            
                                            
                    
Facebook Comments