प्रचण्ड र माधवद्वारा संयुक्त रूपमा एकता सम्मेलनको उद्घाटन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/yakata.jpg

काठमाडौं । नेपालमा वामपन्थी शक्तिहरूको एकताको प्रयासस्वरूप पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रको पहलमा १० वटा कम्युनिस्ट पार्टीहरूको एकता राष्ट्रिय सम्मेलन आज काठमाडौंमा सुरु भएको छ ।

एकीकृत हुने नयाँ पार्टीको नाम ’नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले जनाएका छन् । एकता सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।

सम्मेलनको सुरूआत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल लगायत सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका थिए । 

यस सम्मेलनले नयाँ एकीकृत पार्टीको विधान पारित गर्ने, केन्द्रीय कमिटी तय गर्ने, र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णयहरू लिने महत्त्वपूर्ण एजेन्डाहरू तय गरेको छ ।


Facebook Comments