१२ अंकले बढ्याे नेप्से, ४ अर्ब ६८ करोडको कारोबार

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/nepsenepse_1.jpg

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपालको सेयर बजार मापक नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७ विन्दुमा कायम भएको छ । कारोबार अवधिभर अधिकांश समय रातो रहेको बजार दिउँसो २ बजेपछि एक्कासि उकालो लागेको थियो ।

यद्यपि, नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोड रुपैयाँको मात्र सेयर किनबेच भयो ।

यस दिन फाइनान्स समूह सबैभन्दा धेरै ३.४१ प्रतिशतले बढ्यो । बैंकिङ, हाइड्रोपावर, लगानी, जीवन बीमा लगायतका अधिकांश समूहका सूचकहरू बढेका छन् । यद्यपि, होटल तथा पर्यटन समूह भने ०.४५ प्रतिशतले घटेको छ ।

माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लाग्यो । आज युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट सर्वाधिक कारोबार हुने पाँच कम्पनी बनेका छन् ।


Facebook Comments