सांसदको काम देश बनाउने, थिती बसाल्ने हो : स्वर्णिम वाग्ले
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नं १ का सांसद डा. स्वर्णिम वाग्लेले सांसदको प्राथमिक जिम्मेवारी देशको नीति निर्माण र सुशासनको जग बसाल्ने रहेको बताएका छन् ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आज विभिन्न सामग्री हस्तान्तरण गर्ने क्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सांसदको कामबारे बुझाउने प्रयास गरिरहेको बताए ।
‘गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएपछि जनताको मसँग धेरै अपेक्षा थियो। सांसदको मूल काम देश बनाउने हो, कानुन बनाउने हो, थिती बसाल्न तपाईँहरूले पठाउनुभएको हो भनेर सबैलाई सम्झाएको थिएँ,’ उनले भने ।
उनले खानेपानीजस्तो संवेदनशील विषयमा विगतमा सहयोगको आग्रह हुँदा पनि सांसदको बजेट नभएकाले निजी सहयोगकर्ता र दानवीरहरूको खोजी गरी सहयोग जुटाउनुपरेको अनुभव सुनाए ।
सांसद वाग्लेले सानातिना विकासका कामहरू गर्नका लागि स्थानीय तहहरू रहेको कुरा जनतालाई बुझाउन आफू लागिपरेको उल्लेख गरे ।
Facebook Comments