मकवानपुरमा अपराध नियन्त्रण गरिने सिडिओ अधिकारीको प्रतिबद्धता

User Image दिक्षान्स खड्का | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/cdo-adhikari.jfif

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले जिल्लालाई थप सुरक्षात्मक बनाउँदै हरेक किसिमका अपराधजन्य गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन् ।

आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिडिओ अधिकारीले पछिल्लो समय मकवानपुरमा बढ्दै गएको लागू औषध कारोबार, यौनधन्दा, ठगी र अवैध कार्यहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकायहरू सक्रिय रूपमा खटिने जानकारी दिए ।

उनले भने, “अब मकवानपुरमा कुनै पनि गैरकानुनी कार्यलाई सहन सकिँदैन । लागू औषध नियन्त्रणदेखि यौनधन्दा नियन्त्रणसम्मका अभियानलाई कडाइका साथ अघि बढाइनेछ ।”

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सिडिओ अधिकारीलाई जिल्लाका स्थानीय तहमा देखिएका समस्या र विशेष अवस्थाबारे जानकारी गराएका थिए ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी (एपीएफ), अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका प्रमुख अधिकृत र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


Facebook Comments