जनार्दन–घनश्याम र विप्लव सघन सहकार्य गर्दै अघि बढ्न सहमत
वाम सहकार्यलाई घनिभूत उचाइमा लैजाने
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २१ गते १९:१४
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल प्रगतिशील अभियानका संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।
शुक्रबार बिहान विप्लव निवास हरिसिद्धीमा भएको भेटवार्तामा उनीहरूबीच विकसित राजनीतिक परिस्थिति र सहकार्यलाई कसरी घनिभूत उचाइमा लैजान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको नेता भूसालले जानकारी दिए ।
आजको राजनीतिक अन्यो लाई समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनै नेताको जोड रहेको बताइएको छ । हालै पार्टी एकताबाट अलग रहेका शर्मा र भूसाल दुवै वैकल्पिक वाम राजनीतिक शक्ति निर्माणको प्रयासमा छन् ।
नेता शर्माले बिहीबारमात्र वैकल्पिक राजनीतिक शक्ति निर्माण र आगामी निर्वाचनको रणनीतिबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग समेत छलफल गरेका थिए ।
Facebook Comments