नेसपा र सुदनको समूहसँग सन्तोष परियारकाे ५ बुँदे सहमति

रास्वपा छाडे लगत्तै नयाँ मोर्चामा

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/santosh-janardan-sudan-e1763119860778.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आजै राजीनामा दिएका सन्तोष परियारले तत्कालै नयाँ राजनीतिक सहकार्य सुरु गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक दुर्गा सोब, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र  परियारबीच शुक्रवार ५ बुँदे सहमति भएको छ ।

उनीहरूबीच भएको सहमतिमा देशको गम्भीर अर्थ राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक प्रष्टीकरण विरुद्ध भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्य रहेको उल्लेख छ ।

निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका परियार, नेसपा (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबीचको यो सहमतिलाई नयाँ राजनीतिक शक्ति निर्माणको प्रयासका रूपमा हेरिएको छ ।


Facebook Comments