राजनीतिक दल र जेन-जीसहित चार पक्षीय छलफलको तयारी
मेयरसाप डेस्क
|
२०८२ कार्तिक ३० गते ०१:५०
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न राजनीतिक दल, नेपाल सरकार, जेन–जीका प्रतिनिधि र आयोगका पदाधिकारीबीच एकसाथ छलफल तथा अन्तक्र्रिया गर्ने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालसहितको छलफलमा यस्तो जानकारी गराएका हुन् ।
भण्डारीले सरकारले निर्वाचनको वातावरण निर्माण, स्रोतसाधन र सुरक्षा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी छलफलहरूमा समेत सहजीकरण गर्न सरकारलाई आग्रह गरे ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै यो तयारीबारे पुष्टि गरेको छ । यद्यपि, उक्त चार पक्षीय छलफलको मिति भने हालसम्म सार्वजनिक गरिएको छैन । निर्वाचनको मिति घोषणा भएदेखि नै आयोग योजनाबद्ध रूपमा पूर्वतयारीमा जुटेको छ ।
Facebook Comments