कालीमाटीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते ०६:४७
तनहुँ । भानु नगरपालिका–१० कालीमाटीस्थित जङ्गलमा घाइते अवस्थामा फेला परेको चितुवाको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो ।
घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी ए । स्थानीयबासीबाट जानकारीमा आएपछि कार्यालयको टोलीले उद्धार गरी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ल्याइएको छ । चितुवाको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको उनले बताए।
प्रमुख भाटले भने, “स्थानीयबासीलाई आक्रमण गर्न आएको र ढुङ्गा हान्ने क्रममा चितुवा घाइते भएको स्थानीयबासीले बताएका छन् ।” घाइते चितुवालाई वन कार्यालयको निगरानीमा राखी पूर्ण स्वस्थ भएपछि सुरक्षित स्थानमा छाडिने उनले बताए।
Facebook Comments