आयोगमा दर्ता भएका १२५ दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरुसँग छलफल गर्दैछिन् । आयोगमा दर्ता भएका १२५ वटा राजनीतिक दलका प्रतिनिधिहरूलाई प्रधानमन्त्री कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन भनेकी छन् ।
सरकारका काम, कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन प्रधानमन्त्री कार्कीले ती दललाई आज अपराह्न ४ बजे सिंहदरबार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज दलहरूसँगको छलफल निर्वाचनमै केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
Facebook Comments