जेन–जी आन्दोलनपछि एमाले सचिवालय बैठक च्यासलमा
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते २२:५४
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । भदौ २३–२४ को आन्दोलनका क्रममा आगजनी भएपछि आवश्यक मर्मत सम्भार गरेर आज च्यासलमा बैठक राखिएको हो ।
आजको बैठक मुख्य गरी आसन्न मंसिर २७–२९ को महाधिवेशनमा केन्द्रित हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनको व्यवस्थापकीयलगायत विभिन्न उपसमिति गठन गरिनेछ ।
भावी नेतृत्वका लागि पनि छलफल हुने तयारी छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउने प्रस्ताव बैठकमा लैजाने तयारी गरेका छन् ।
बैठकमा मंसिर ६ गते काठमाडौंमा तय गरिएको जनप्रदर्शन, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि सहभागिता लगायतका विषयमा पनि छलफल हुनेछ ।
एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरे पनि, फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्ने विषयमा भने अहिलेसम्म केही बोलेको छैन ।
Facebook Comments