लुम्बिनी लायन्सलाई चितवन राइनोजले दियो १४३ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते २३:१२
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजले १४३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।
चितवनका लागि अनुभवी विदेशी खेलाडी रबि बोपाराले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए ।
यसअघि उनले कर्णाली याक्सविरुद्ध ५२ रन जोडेका थिए । बोपाराबाहेक कप्तान कुशल मल्लले २१ रन, सैफ जैब र देव खनालले समान १५–१५ रन जोडेका थिए ।
लुम्बिनीका लागि नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।
यस्तै, युवा स्पिनर अभिशेष गौतम र गुल्बदिन नइबले समान २–२ विकेट लिएर चितवनलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।
Facebook Comments