पूर्वाधार विकासमा भारत विश्वसनीय साझेदार हाे : मन्त्री घिसिङ
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते २३:१२
हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारत एक विश्वसनीय साझेदार रहेको बताएका छन् ।
बिहीबार हेटौँडामा आयोजित आपत्कालीन प्रयोगका लागि भारतले उपलब्ध गराएको बेली ब्रिज हस्तान्तरण समारोहमा बोल्दै घिसिङले भारतको सहयोगमा निर्मित हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथले नेपालको राष्ट्रिय यातायातको मेरुदण्डलाई सुदृढ बनाएको बताए ।
उनले एक्जिम बैंकमार्फत विस्तारित ऋण सुविधाहरू अन्तर्गत सञ्चालित परियोजनाहरूले आर्थिक वृद्धिलाई गति दिएको र जनस्तरको सम्बन्धलाई गहिरो बनाएको उल्लेख गरे ।
विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा भारतको सहयोग महत्त्वपूर्ण रहेको स्मरण गर्दै घिसिङले भविष्यमा हरित पूर्वाधार र जलवायु–उत्थानशील यातायात प्रणालीमा सहकार्य गर्ने अपेक्षा व्यक्त गरे ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस सहयोगले लामो समयदेखिको भारत–नेपाल विकास सहयोगलाई प्रतिबिम्बित गरेको बताउँदै नेपालको आवश्यकताको समयमा सँगै उभिने प्रतिबद्धता दोहोर्याएका छन् ।
Facebook Comments