दुर्गा प्रसाईं पक्राउबारे सर्वोच्चद्वारा कारण देखाऊ आदेश

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते २१:५४
Image of https://mayorsap.com/storage/photos/shares/durga.jpg

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन प्रहरीलाईआदेश दिएको हो ।

प्रहरीले प्रसाईंलाई गत मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रसाईंले आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।

उनले देशको प्रतिष्ठासँग जोडिएको नेपाल प्रिमियर लिग (एनपीएल) समेत रोक्न क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।


Facebook Comments