नेकपा एमालेले आज काठमाडौंमा वृहत् जनप्रदर्शन गर्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते १९:१२
Image of https://mayorsap.com/storage/photos/shares/photo-3_1.jpeg

काठमाडौं । नेकपा एमालेले आज वृहत जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै आज शनिबार काठमाडौंमा केन्द्रीयस्तरको कार्यक्रम गरेर जनप्रदर्शन गर्न लागेको हो । जनप्रदर्शनपछि जनसभाको आयोजना गरिएको छ ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । 

एमालेका नेता,कार्यकर्ता,जनसंगठन,सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ । प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने बताइएको छ । जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते पालिकाहरूमा जनप्रदर्शन ¥याली  गरेको थियो । यस्तै एमालेले मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरी जनप्रदर्शन ¥याली समेत गरेको थियो । 


Facebook Comments