जेन–जी आन्दोलनपछि थपिए ८ लाख ३७ हजार मतदाता
पुरुषको संख्या बढी
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते १९:१२
काठमाडौं । जेन–जी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा भएपछि निर्वाचन आयोगले खुला गरेको मतदाता नामावली संकलन अभियानमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार, ९ असोजदेखि ५ मंसिरसम्मको अवधिमा थपिएका कुल मतदातामध्ये पुरुष ४ लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन्। अन्यमा ६१ जना मतदाता थपिएका छन् ।
यी थपिएका मतदाताहरूमध्ये आयोगको नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक माध्यमबाट ४ लाख ९२ हजार १८० जना रहेका छन्। यसअघि, १६ कात्तिकसम्म कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको थियो ।
Facebook Comments