एमालेको बृहत् जनसभाका कारण प्रदर्शनीमार्गमा ट्राफिक डाइभर्सन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:४९
Image of https://mayorsap.com/storage/photos/shares/uml-ryali.png

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले शनिवार भृकुटीमण्डप, प्रदर्शनी मार्गमा बृहत् जनसभा आयोजना गरेपछि काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, जनसभाका कारण प्रदर्शनी मार्ग हुँदै सञ्चालन हुने सवारी साधनहरूलाई पद्मोदय मोड र सभागृह मोडबाट डाइभर्सन गरिएको छ ।

यसका साथै, टुँडिखेल वरिपरि पनि र्‍याली भइरहेकाले उक्त क्षेत्रमा चल्ने सवारी साधनको आवागमनमा केही प्रभाव पर्न सक्ने भन्दै ट्राफिक प्रहरीले सहज यात्राका लागि वैकल्पिक सडकको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो मार्ग परिवर्तन भीड व्यवस्थापन र सहज आवागमनका लागि अस्थायी रूपमा गरिएको हो ।


Facebook Comments