भियतनाममा बाढीका कारण मृ*त्यु हुनेको सङ्ख्या ५५ पुग्यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:५२
Image of https://mayorsap.com/storage/photos/shares/viyatnama-badhi.png

एजेन्सी । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५५ पुगेको जनाउदै १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार रिपोर्ट गरेको छ ।

बाढीले करिब ८० हजार हेक्टर धान र अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियन भन्दा बढी कुखुरा तथा गाईवस्तुहरूलाई बगायर मृत्यु भएको जनाइएको छ ।  

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घरहरू डुबानमा परेका छन् भने अन्य ९४६  घरहरू क्षतिग्रस्त भएका छन् । 

यसै गरी बाढीले  लगभग नौ ट्रिलियन भियतनामी डोङ (लगभग ३५८ मिलियन अमेरिकी डलर) आर्थिक क्षति गरेको अनुमान गरिएको छ ।


Facebook Comments