मार्क वाटको विस्फोटक शतक, लुम्बिनीमाथि कर्णालीको शानदार जित
शतकीय साझेदारीले सहज जित
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:४९
काठमाडौं । मार्क वाटको विस्फोटक शतकको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ ।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले मात्र १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका ओपनर मार्क वाटले विस्फोटक ब्याटिङ गर्दै मात्र ४४ बलमा अविजित ११४ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र १२ छक्का प्रहार गरे ।
विलियम बोसिस्टोसँग मिलेर वाटले दोस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।
पहिलो इनिङ्समा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रुबेन ट्रम्पलम्यानले १३ बलमा अविजित २८ रनको योगदान दिए ।
कर्णालीका नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १–१ विकेट लिए ।
Facebook Comments