टोखामा पोको पारिएको अवस्थामा शव फेला, अनुसन्धान जारी
शवको सनाखत हुन सकेन
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:४९
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९, नयाँ बसपार्क नजिकै सडकमा शनिबार बिहान पोको पारिएको अवस्थामा एउटा शव फेला परेको छ ।
शवलाई लुगा कपडाले पोको पारिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
शवको सनाखत हुन सकेको छैन र त्यसलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments