वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्छ : ओली

अराजकताको राज अन्त्य गर्ने उद्घोष

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:५२
Image of https://mayorsap.com/storage/photos/shares/oli-pro.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संविधानले यो सरकारलाई उचित ठहर्‍याउने ठाउँ नै छैन । कोर्टले यसलाई संवैधानिक ठहर्‍याउन सक्दैन । एमालेले यस कामको नेतृत्व गर्छ ।’

ओलीले एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्ने र मिचिएको संविधानलाई लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्ने उद्घोष गरे ।

उनले वर्तमान सरकार अवैधानिक, असंवैधानिक र संविधान मिचेर बनेको आरोप समेत लगाए ।


Facebook Comments