प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:५२
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले २०८२ फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
महामन्त्री गगनकुमार थापाका अनुसार, वर्तमान राजनीतिको उचित विकास निर्वाचनबाटै हुने ठहर गर्दै कांग्रेसले यो कदम चालेको हो ।
कांग्रेसले राष्ट्रियसभा निर्वाचन माघ ११ र प्रतिनिधिसभा निर्वाचन फागुन २१ दुवैका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
Facebook Comments