विराटनगरले टस जित्यो, काठमाडौंलाई ब्याटिङको निम्तो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:५२
Image of https://mayorsap.com/storage/photos/shares/ktm-biratnagar.png

काठमाडौं । जारी दोस्रो एनपीएलको छैटौँ दिनको दोस्रो रोमाञ्चक भिडन्तमा विराटनगर किङ्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

यससँगै विराटनगरले काठमाडौंलाई ब्याटिङका लागि निम्तो दिएको छ । विराटनगरको यो दोस्रो खेल हो, भने काठमाडौंको यो तेस्रो खेल हो । 

काठमाडौंले यो सिजनमा अहिलेसम्म एक जित र एक हार बेहोरेको छ । विराटनगर भने आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सहज जित दर्ता गरेर उत्साहित छ ।

यसअघि आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।


Facebook Comments