मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प बाटो हो : गगन थापा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०६:३८
Image of https://mayorsap.com/storage/photos/shares/gagan-thapa.png

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान केन्द्रीय समितिको म्याद नथप्न र मंसिरभित्रै विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय समिति बैठकले निर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे निर्णय पछि सरेपछि थापाले विशेष महाधिवेशन निर्विकल्प बाटो भएकोे प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीको कार्यकाल मंसिरभित्रै सकिने उल्लेख गर्दै पुस १६ देखि १९ गते नियमित महाधिवेशन गर्न नसकिने अवस्था आएमा मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न सकिने प्रस्ताव गरेका छन् ।

थापाका अनुसार आम निर्वाचनका लागि उत्तम बाटो र उत्तेजनाको होइन, शान्तिको राजनीतिको नेतृत्व गर्न कांग्रेसमा नयाँ नेतृत्व आवश्यक छ । उनले पुस मसान्तभित्र नियमित वा विशेष महाधिवेशन दुवै नगर्न नपाइने बताएका छन् ।


Facebook Comments