हाम्रो र जेन–जीको मुद्दा मिल्छ, सँगै काम गरौँ : प्रचण्ड

युवाको मुद्दामा प्रचण्डको समर्थन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०५:५०
Image of https://mayorsap.com/storage/photos/shares/prachand.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले जेन–जी पुस्ताले उठाएका मुद्दा र मागहरू जायज रहेको बताउँदै ती मुद्दाहरू आफूले पनि उठाउँदै आएको दाबी गरेका छन् ।

पेरिसडाँडामा आयोजित ’जेन–जीसँग नेकपा कार्यक्रम’ मा युवाहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि जेन–जी पुस्ताको अग्रसरता आवश्यक रहेको बताए ।

प्रचण्डले देशका समस्या समाधानका लागि सरकार र सडकबाट गरिएका प्रयासको सुनुवाइ नभएपछि युवाहरू सडकमा आएपछि मात्रै सबैले सुन्न बाध्य भएको उल्लेख गरे ।

उनले जेन–जी र नेकपाको मुद्दा मिल्ने भएकाले एकसाथ काम गर्न आग्रह गरे ।


Facebook Comments